काठमाडौं साढे चार घण्टा अशान्त - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

काठमाडौं साढे चार घण्टा अशान्त


काठमाडौं । सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)संसदमा पेश गर्ने तयारी गरेपछि काठमाडौंलगायत देशका विभिन्न स्थानमा प्रदर्शन भएको छ । काठमाडौंको नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

सो क्रममा प्रहरीले दश राउण्ड अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनका क्रममा १५ प्रहरी र दुई जना प्रदर्शनकारी घाइते भएका छन् । घाइतेमध्ये चार जनाको वीर अस्पतालमा उपचार भइरहेको छ ।

प्रदर्शनका क्रममा १४८ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । १३६ पुरुष र १२ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा हानेर भीड तितरबितर पारे पनि प्रदर्शनकारीहरुले एमसीसी राष्ट्रिय हितमा नरहेको भन्दै खारेज गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनका कारण अशान्त रहेको बानेश्वर क्षेत्र साढे ४ घण्टापछि शान्त भएको थियो ।