भारतको रङ्गिन दुनियाँका ‘बप्पी दा’ रहेनन् - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

भारतको रङ्गिन दुनियाँका ‘बप्पी दा’ रहेनन्


एजेन्सी । भारतका चर्चित गायक तथा संगीतकार बप्पी लहरीको ७० वर्षको उमेरमा निधन भएको छ । मंगलबार राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि मुम्बइको एक अस्पताल लगिएका उनको बुधबार बिहान निधन भएको हो ।

भारतको रङ्गिन दुनियाँमा ‘बप्पी दा’ को नामले परिचित लहरीको जन्म सन् १९५२ मा कलकत्तामा भएको थियो । सांगीतिक माहौल भएको परिवारमा उनको जन्म भएको थियो । बप्पीका पिता अपरेश लहरी प्रसिद्ध बंगाली गायक थिए भने आमा बनसरी प्रसिद्ध शास्त्रीय संगीतकार थिए ।

१९ वर्षको उमेरदेखि नै संगीत निर्देशकको काम सुरु गरेका बप्पी दाले सन् १९७२ मा बंगली फिल्म ‘दादू’ मा पहिलो पटक संगीत दिएका थिए ।

बलिउडका सयौं फिल्मका चर्चित गीतहरुमा संगीत दिएका बप्पी लहरीलाई भारतको डिस्को बादशाह समेत भनिन्थ्यो । अक्सर सार्वजनिक कार्यक्रमहरुमा प्रस्तुत हुँदा गला र हातमा सुनका ठूल्ठूला सिक्री लगाएर प्रस्तुत हुने बप्पी दा गहना र नगद बाँड्ने कामका लागि पनि चर्चित थिए ।