दर्ता हुने राजनीतिक दलहरुको सङ्ख्या १०६ पुग्यो - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

दर्ता हुने राजनीतिक दलहरुको सङ्ख्या १०६ पुग्यो


काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि विभिन्न तयारी गरिरहेको जनाएको छ । निर्वाचनमा जनशक्ति परिचालनको कार्यलाई सरल र सहज बनाउनका लागि जनशक्ति (व्यवस्थापन) निर्देशिका, २०७८ स्वीकृत गरेको जनाएको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै आयोगले आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि विभिन्न १० वटा निर्णय गरेको हो ।
त्यसक्रममा आयोगले राजनीतिक दलसम्बन्धी एैन, २०७३, राजनीतिक दलसम्बन्धी नियमावली २०७४ तथा प्रचलित संघीय कानुन बमोजिम राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ बमोजिम जनता प्रगतिशित पार्टी नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी तीनवटा राजनीतिक दल दर्ता गरेको छ ।

यो सँगै आयोगमा हालसम्म दर्ता हुने राजनीतिक दलहरुको सङ्ख्या १०६ पुगेको आयोगले जनाएको । आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय निर्वाचनमा सहभागी हुन दल दर्ता प्रक्रिया सुरु भएको आयोगले जनाएको छ ।