एमसीसी संसदमा टेवल गर्न दिने पक्षमा नेकपा एस - रुपान्तरण
 २०८३ बैशाख १८, शुक्रबार    

एमसीसी संसदमा टेवल गर्न दिने पक्षमा नेकपा एस


काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले एमसीसी संसदमा टेवल गर्न दिने संकेत गरेको छ । शनिबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटी बैठकले एमसीसी संसदमा छलफल गर्न दिने कुरालाई निषेध गर्न नहुने निष्कर्ष निकालेको हो ।

तर, यथास्थितिमा भने संसदबाट सो प्रस्ताव पारित गर्न दिन नहुने पार्टीको अडान भने यथावत रहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले एमसीसी जनताको भावना र राष्ट्रको हित अनुकूल हुनेगरी अघि बढाउनुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक निर्णय लिने अधिकार पार्टीको केन्द्रीय सचिवालयलाई दिएको छ ।

त्यसबारेमा जनताको बीचमा बहस गर्नुपर्ने र जनप्रतिनिधिहरूलाई पनि यसबारे जानकारी दिनुपर्ने खतिवडाले बताए ।

नेकपा (एकीकृत समाजवादी)ले एमसीसी सम्झौताबारे अध्ययन गर्न झलनाथ खनाल नेतृत्वको कार्यदल नै गठन गरेको थियो । कार्यदलले पनि बैठकमा यथास्थितिमा एमसीसी पारित गर्न नमिल्ने सुझाव दिएको प्रवक्ता खतिवडाले बताए ।