एमसीसी नेपाली समाजलाई हस्तक्षेप गर्नेगरी आएको सम्झौता - रुपान्तरण
 २०८१ बैशाख ३१, सोमबार    

एमसीसी नेपाली समाजलाई हस्तक्षेप गर्नेगरी आएको सम्झौता


काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले एमसीसी नेपाली समाजलाई हस्तक्षेप गर्नेगरी आएको सम्झौता भएकाले स्वीकार्य नहुने बताएका छन् । उनले एमसीसी अस्वीकार गर्न सबैलाई आह्वान पनि गरे ।

आइतबार प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले छलफलका लागि एमसीसी प्रस्ताव प्रस्तुत गरेपछि छलफलमा सहभागी हुँदै रावलले यस्तो बताएका हुन् ।

उनले नेपाली समाजलाई हस्तक्षेप गर्नेगरी आएको सम्झौता स्वीकार्य नहुने उल्लेख गर्दै देशलाई दीर्घकालीन रुपमा पर्ने असरलाई बेवास्ता गर्दै सरकारले अनुमोदन गर्ने निर्णय गरेकोप्रति उनले आपत्ति जनाएका छन् ।

उनले एमसीसी सम्झौतामा व्याख्यात्मक घोषणाको नाममा नेपाली जनतालाई धोका दिने काम भइरहेको बताए । एमसीसीका सन्दर्भमा तयार पारिएको व्याख्यात्मक घोषणा नभइ उक्त घोषणा ‘भ्रमात्मक घोषणा’ भएको रावलले टिप्पणी गरे।

‘दुई पक्षीय सम्झौतालाई एक पक्षीय रुपमा घोषणा गर्‍यौं भन्ने कुरा ठगपत्र हो यो। अरु केही पनि हुन सक्दैन,’ उनले भने, ‘यो निर्लज्जताका साथ काम हुँदैछ। कलंकका रुपमा इतिहासमा अंकित हुनेछ।’