भीम रावलप्रति देउवा आक्रोशित - रुपान्तरण
 २०८१ जेठ ६, आईतबार    

भीम रावलप्रति देउवा आक्रोशित


काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अघि बढाउनेहरुले नै अहिले विरोध गरिरहेको भन्दै आपत्ति जनाएका छन् । एमसीसी नेपालको अहितमा रहेको बताउँदै आएका पूर्वमन्त्री एवं एमाले नेता भीम रावलप्रति देउवाले आक्रोश व्यक्त गरेका हुन ।

नुवाकोट पुगेका प्रधानमन्त्री देउवाले एमसीसीका बारेमा जवाफ दिनपर्ने भो भन्दै पूर्व मन्त्री रावलप्रति आक्रोश पोखेका हुन्। रावलले दुई जिब्रे कुरा गरेको भन्दै उनले, मन्त्री हुँदा एमसीसीको विरोध नगर्नेले अहिले विरोध गर्नुको तूक नभएको टिप्पणी बताए ।

देउवाले रावल मन्त्री हुँदा एमसीसीको प्रक्रिया अघि बढेको पटक पटक सुनाए । उनले यस परियोजनाको विरोध गर्ने एमाले नेता भीम रावलले आफैँ मन्त्रिपरिषद्मा रहँदा सो परियोजना पास गरेको तर अहिले आएर विरोध मात्र गरेको प्रसङ्ग उल्लेख गरे ।

देउवाको प्रश्न थियो, ‘आफैँ मन्त्री भएका बेला मन्त्रिपरिषदद्धारा पास गरेका रावलले त्यस बेला किन आलोचना गर्नुभएन ? त्यति बेला राजीनामा नदिएर के हेरेर बसेको ?”

देउवाले आक्रोशित हुँदै भने, “आफू पार्टीको नेता र मन्त्री हुँदा आफैँले मन्त्रिपरिषदबाट पारित गर्ने अनि अहिले किन विरोध गर्दै छन् ? विरोध गर्ने भए त्यसैबला मन्त्रीबाट राजीनामा दिएर बाहिर आउनुपर्दैनथ्यो ?”

किस्पाङ गाउँपालिकाको भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले ओली सरकारले संसदमा पेश गरेको एमसीसी प्रस्ताव आफूहरुले पारित गरेको बताए । रावल आफै रहेको क्याबिनेटले प्रस्ताव ल्याउँदा के हेरेर बसेको भन्दै देउवाले अहिले विरोध गर्न लाज लाग्दैन भन्दै प्रश्न गरे ।