रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनबारे नेपालस्थित कूटनीतिक नियोगहरुलाई जानकारी गराएको छ । आयोगले सोमबार नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई निर्वाचनबारे जानकारी गराएको हो ।
निर्वाचन नजिकीदैजाँदा हेभीवेट प्रतिष्पर्धाका रुपमा हेरिएको विराटनगर –६ मा चुनावी सरगर्मी बढेको छ । नेपाली कांग्रेसका बरिष्ठ नेता डा.शेखर कोइराला र एमालेका नेता लालबाबु पण्डीतबीच प्रतिस्पर्धा हुनेभएपछि यस क्षेत्रमा चुनावी सरगर्मी अझ बढेको हो । प्रतिनिधिसभा निर्वाचनमा मोरङको क्षेत्र नम्बर ६ मा डा.कोइराला र पण्डित मुख्य प्रतिस्पर्धी हुन । कोइराला बदला लिने अभियानमा छन् भने पण्डित विजयीलाई निरन्तरता दिने कसरतमा लागेका छन् ।""
मंसिर ४ गतेको निर्वाचनलाई केन्द्रीत गर्दै भारतीय सीमासँग जोडिएको मधेश प्रदेशका जिल्लाको सीमा नाका ७२ घण्टा बन्द (सिल) गरिने भएको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ७२ घण्टा नेपाल–भारत सीमानाका बन्द गरिने निर्णय भएको हो ।
माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न मङ्सिर ४ गते संविधानको रक्षक र विरोधी बीचको लडाइँको फैसला जनताले गर्ने बताएका छन् ।
नेपाली कांग्रेसका नेता एवं पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले सुकुम्वासीको हक, हितका लागि आफ्नो पार्टीले सक्रियापूर्वक आवाज उठाउने बताएका छन् ।"
मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब पाँच दिनमात्रै बाँकी रहेको छ ।
नेपालले पहिलो पटक आईसीसी विश्वकप क्रिकेट आयोजना गर्ने मौका पाएको छ । सन् २०२७ को आईसीसी यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशले संयुक्त आयोजना गर्ने भएका हुन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नेताहरुमाथि निरन्तर खनिएका छन् । उनले मन्त्री बनाउने झुटो आश्वासन बाँड्दै हिँडेकोप्रति पनि कटाक्ष गर्न भ्याए ।