रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
परोपकारी काम गरेर प्रतिष्ठा कमाएको विदेशका नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघ एनआरएनए यतिबेला तीन समूहमा विभाजित छ । १०औं महाधिवेशनबाट अलग भएको पूर्वअध्यक्ष शेष घले नेतृत्वको समूह, ११औं महाधिवेशनबाट अलग भएका आरके शर्मा र डा. बद्री केसी नेतृत्वको समूह समानन्तर गतिविधि गर्न तल्लिन छन् । जसका कारण प्रभावकारी रुपमा संस्थागत कामहरु हुन सकेका छैनन् ।"
मन्त्रिपरिषद्को आइतबार बसेको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको छ ।
जाजरकोटमा शुक्रबार राति ११ः४७ बजे गएको भूकम्प नयाँ भूकम्प रहेको भूकम्पविद् मुकुन्द भट्टराईले जनाएका छन् । उनले यो भूकम्प २०७२ सालमा गएको गोरखा भूकम्पको पराकम्पन नभइ नयाँ भूकम्प गएको बताए । उनका अनुसार अहिलेसम्म चार वटा ४ रेक्टर स्केलदेखि माथिका पराकम्पन आइसकेको र ४ रेक्टर स्केलभन्दा मुनिका पराकम्पन निरन्तर आइरहेको बताए ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुलाई मन्त्री नियुक्त गरेपछि एमाले प्रदेश सरकारबाट बाहिरिने मनस्थितिमा पुगेको छ । एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले केन्द्रको गठबन्धनमा एमाले संलग्न नहुने भन्दै सरकारबाट बाहिरिने बताए । कोशी सरकारमा एमालेका रामबहादुर राना मात्र मन्त्री रहेका छन् ।
नेपाल दोस्रो पटक विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा छानिन सफल भएको छ । विश्वकप टी–२० को एसिया छनोट अन्तर्गत प्रतियोगिताको फाइनलमा पुगेसँगै नेपाल दोस्रो पटक विश्वकपमा छानिएको हो ।
सञ्चार तथा सूचना प्रविधी मन्त्री रेखा शर्माले धर्म संस्कृतिको संरक्षण लोकतन्त्रमा मात्रै संभव हुने बताएकी छन् । नेपाल ज्योतिष परिषद्को १८ औ राष्ट्रिय ज्योतिष तथा अध्यात्म सम्मेलन २०८० को घोराहीमा उद्घाटन गर्दै उनले धार्मिक सांस्कृतिक स्वतन्त्रतालाई लोकतन्त्रले सुनिश्चित गर्ने बताएकी हुन् ।
हत्यारा योगराज ढकाल (रिगल) पक्राउ परेका छन् । सर्वोच्च अदालतले कैद मिनाहा गरी आममाफी दिने सरकारको निर्णय कार्यान्वयन नगर्न परमादेश जारी गरेसँगै रिगल नेपालगञ्जबाट पक्राउ परेका हुन् । नेपालगञ्जको सेतु विक चोकमा रिगलले बिहीबार अपराह्न बाँके प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि पक्राउ गरिएको थियो । प्रहरी नायव उपरीक्षक नारायण डाँगीले रिगलले प्रहरीसमक्ष आत्मसमर्पण गरेको बताए।
निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन माघको दोस्रो हप्ता सम्ममा गर्ने गरी तयारी गरेको छ । आयोगले अगामी फागुन २१ गते रिक्त हुन आउने १९ जना राष्ट्रिय सभा सदस्य पदका लागि माघको दोस्रो हप्ता सम्ममा निर्वाचन गर्ने तयारी गरेको हो ।