रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले हिमाल बचाउनका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । प्रधानमन्त्री दाहालले मानव जातिलाई जोगाउनका लागि हिमाल जोगाउनुपर्ने भएकाले त्यसको बचाऔं अभियानमा अन्तर्राष्ट्रिय समुदाय नै एक भएर लाग्नुपर्ने बताएका हुन् ।"
नेपालमा गणतन्त्र घोषणा भएको १५ वर्ष भएको छ । २०६५ साल जेठ १५ गते गणतन्त्र घोषणा भएपनि यसका विकल्पहरुबारे सडक आन्दोलन भइरहेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा भइरहेको आन्दोलनले व्यवस्था परिवर्तनको मुद्दा जोडतोडले उठाइरहेका छन् । २०६२–६३ को जनआन्दोलनको उपलब्धि स्वरुप गणतन्त्रको घोषणा भएको हो । तर डेढ दशकमै यसको विकल्पबारे प्रश्न उब्जिदा ठूला राजनीतिक दलका नेताहरुलाई टाउको दुखाइ भइरहेको छ ।
सरकारले विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताएकी हुन ।
नेपाल राष्ट्र बैंकले गत असोजमा १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको जनाएको छ । शुक्रबार विवरण सार्वजनिक गर्दै बैंकले असोज महिनामा १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको जनाएको हो ।
आजीवन निष्ठा र कर्मको राजनीति गरेर सक्रिय जीवन विताएका पूर्वप्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईका अनुयायी हुन पूर्णबहादुर खड्का । आफ्ना देशका जनतालाई शिरमा राखेर निस्वार्थ सेवा गर्नुपर्छ भन्ने भावअनुरुप किसुनजीले जुन बाटो लिएका थिए पूर्णबहादुरका पछिल्ला दिनहरु सोही अनुसार दौडिरहेका छन् । भुकम्पले क्षतविक्षत भएको जाजरकोट र रुकुमपश्चिमका भुकम्पपीडितलाई शान्तवना दिन मात्र होइन राहत वितरणमै देखिएको उनको सक्रियता किसुनजीको लयमा हिडेको भान हुन्छ ।
नेपाल विद्यार्थी संघले भूकम्पप्रभावित क्षेत्रका २ वटा विद्यालयको पुननिर्माण गर्ने घोषणा गरेको छ । भूकम्पप्रभावपत क्षेत्रमा राहत लिएर पुगेका नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जाजरकोटमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेका हुन् । भूकम्पमा परि निधन भएकी नलगाढ नगरपालिका उपमेयरको सम्झनामा सोही नगरपालिकामा पनि विद्यालय पुननिर्माण गर्ने भएको छ ।
कुटनीति, योजना, विकास र नीति निर्माणका क्षेत्रमा विज्ञको रुपमा सक्रिय नेपाली काँग्रेसका युवा नेता शनिल नेपाल पोर्चुगलको राजदूतका लागि सिफारिस भएका छन् ।
प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धलाई कसैले दबाउन नसक्ने बताएका छन् । बिहीबार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनद्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’को लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले जनयुद्धलाई जति दबाउन खोजेपनि पटक–पटक उठिराख्ने बताए । उनले जनयुद्धलाई दबाइए चिहानबाट भएपनि फेरि उठ्ने बताए ।