ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका सबैलाई तारेखमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । यो घटनामा पक्राउ परेका सबै १८ जनालाई नै तारेखमा छोड्न अदालतले आदेश दिएको हो ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका अभियन्ताहरुले समलिंगी विवाह सम्बन्धी सर्वोच्च अदालतले प्रतिपादित गरेका नजिरहरुलाई कार्यान्वयन गर्न र सोही अनुसारको कानून निर्माण गरी वैवाहिक समानतालाई कानूनी मान्यता दिन माग गरेका छन् ।
नेपालका लागि चिनियाँ राजदूत छन सोङ यतिबेला विवादमा तानिएका छन । पटक पटक गैरकूटनीतिक टिप्पणी दिएको भनी नेताहरुले उनको आलोचना गरिरहेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन कार्यक्रममा उक्त विमानस्थल चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत नै निर्माण गरिएको भनी झुटो वक्तव्य दिएको उनीमाथि आरोप छ ।
तीन वर्षअघि सरकारले जारी गरेको चुच्चे नक्सालाई चीन सरकारले बेवास्ता गरेको भन्दै तीब्र आलोचना भइरहेको छ । चीन सरकारले जारी गरेको चीनको नयाँ नक्सासँग छिमेकी नेपालको चुच्चे नक्सा जोडिएको छैन। उसले छिमेकी मुलुक नेपालको पुरानै नक्सा देखाएको छ। यसबाट चीनले नेपालको परिमार्जित नयाँ चुच्चे नक्सालाई बेवास्ता गरेको देखिन्छ ।
ललितपुरको भैंसेपाटीमा सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई बनाएका आवास तयार भएको । ति आवासको हस्तान्तरण समेत गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भैंसेपाटीमा बनेको १४ वटा ब्लकको साँचो सम्बन्धित प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई हस्तान्तरण गरिसकेका छन् ।
सरकारले नेपालको नक्सालाई छिमेकी मुलुकहरुले सम्मान गर्नुपर्ने बताएको छ । परराष्ट्र मन्त्रालय कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको राजनीतिक नक्सामा नेपाल स्पष्ट र दृढ रहेको बताएको हो ।"
बञ्चरेडाँडा ल्याण्डफिलसाईट प्रभावित क्षेत्र सरोकार समितिले आगामी असोज १ गतेदेखि उपत्यकाको फोहोर लैजान प्रतिबन्ध लगाउने भएको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सरोकार समितिले फोहोरमैलाका कारण त्यहाँका बासिन्दाहरुमा नकरात्मक असर परेको र सरोकारवाला निकायहरुले उक्त समस्यालाई नजरअन्दाजमात्रै गरेको भन्दै फोहोरमैला लैजान प्रतिबन्ध लगाउने निर्णय गरेको बताएको हो ।
प्रतिनिधि सभाको मिनि संसदका रुपमा परिचित संसदीय समितिका सबै दशवटै समितिका सभापतिहरुले शपथ लिएका छन् । १० वटै समितिमा सभापति निर्विरोध निर्वाचित भएसँगै उनीहरुले शपथ लिएका हुन् ।