एनआरएनएमा त्रिपक्षीय भिडन्त, महेशलाई सहज
- रुपान्तरण
गैर आवासीय नेपाली संघ(एनआरएनए)को ११औं महाधिवेशनमा अध्यक्ष पदकी उम्मेदवार रविना थापाले अर्का अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी छन् । नयाँ नेतृत्व चयनका लागि मतदान शुरु हुनु केही घन्टाअघि मात्र एक विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिएको जानकारी गराएकी छन् ।