मख्ख छन नारायणकाजी, दंग छन आइजीपी
- रुपान्तरण
नक्कली शरणार्थी प्रकरणमा सबैभन्दा खुशी उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी आइजीपी वसन्त बहादुर कुँवर छन् । किनकी उनीहरुकै हिम्मतले उक्त प्रकरणका हाइप्रोफाइल हिरासतमा पुगेका छन् । जसका कारण मुलुकको गृह प्रशासनको तारिफ भइरहेको छ । अन्तर्राष्ट्रिय समुदायमा समेत चर्चा हुने गरी नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले निकै प्रशंसनीय काम गरेको छ ।"