दुई सय ९० जनाविरुद्ध मुद्दा दायर
- रुपान्तरण
बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा दुई सय ९० जनाविरुद्ध मुद्दा दायर भएको छ । जसमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्री, बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, ६ पूर्वसचिवसमेत रहेका छन् ।"