ल्यारक्यालको नियुक्तिपछि प्रचण्डमाथि सुशासनको प्रश्न
- रुपान्तरण
विवादास्पद पृष्ठभूमि भएका व्यक्ति ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको कार्यकारी उपाध्यक्ष नियुक्ति गरेपछि आलोचना शुरु भएको छ । दोहोरो नागरिकता, भारतीय रासनकार्ड राहदानी, तिब्बती शरणार्थी परिचयपत्र, वैदेशिक रोजगारीका नाममा ठगी र अकुत सम्पत्तिमात्र होइन, बैंकको लकरमा बन्दुकका गोली राखेको आरोपमा पक्राउ परेका उनी चर्को आलोचना खेपिरहेका छन् ।