फोहरमा चलखेल : एक बिभत्स तस्वीर
-
ककनी,बञ्चरेडाँडा क्षेत्रको फोहरमैला प्रभावित क्षेत्रमा स्थानीय जनताले पछिल्लोपटक चैत २४ गते संगठित गरेको आन्दोलनमा सहभागी हुनपुगेका प्रतिनिधिसभा सदस्य तथा नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीलाई ल्याण्डफिल्ड साइटमा जानत दिइयो, तर उनको साथमा पुगेका सञ्चारकर्मीका लागि त्योे क्षेत्रमा जान निषेध गरियो । सांसद केसी सडकमा जम्मा भएका स्थानीय जनतालाई सम्बोधन गरेर फर्किए । यो फोहर फाल्ने क्षेत्रमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको निर्देशनमा पत्रकारका लागि प्रवेश निषेध गरिएको हो ।