यौनिक तथा लैंगिक अल्पसंख्यक नागरिकको विवाह दर्ताको बाटो खुल्यो
- रुपान्तरण
अंग्रेजी जुन महिनालाई उत्सवका रुपमा मनाइरहेका नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका व्यक्तिहरुका लागि खुशीको खबर मिलेको छ । उत्सव मनाइरहेका बेला सर्बोच्च अदालतले वैवाहिक अधिकार सुनिश्चित गर्ने आदेश दिएको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले विवाह गरेका र विवाह गर्ने जोडीको वैवाहिक अधिकार सुनिश्चित गर्ने आदेश दिएको हो।