व्यवस्थापनको नाममा सात सचिबको सरुवा
- रुपान्तरण
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आफू अनुकुल हुनेगरी सरकारका सचिबहरुको सरुवा गरेको छ । पहिलो चरणमा सरकारले सात जना सचिवहरुको सरुवा गरेको छ । विहीबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवहरुको सरुवा गरेको हो ।