उद्धार, राहत र उपचारमा रातदिन सक्रिय पूर्णबहादुर
- रुपान्तरण
आजीवन निष्ठा र कर्मको राजनीति गरेर सक्रिय जीवन विताएका पूर्वप्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईका अनुयायी हुन पूर्णबहादुर खड्का । आफ्ना देशका जनतालाई शिरमा राखेर निस्वार्थ सेवा गर्नुपर्छ भन्ने भावअनुरुप किसुनजीले जुन बाटो लिएका थिए पूर्णबहादुरका पछिल्ला दिनहरु सोही अनुसार दौडिरहेका छन् । भुकम्पले क्षतविक्षत भएको जाजरकोट र रुकुमपश्चिमका भुकम्पपीडितलाई शान्तवना दिन मात्र होइन राहत वितरणमै देखिएको उनको सक्रियता किसुनजीको लयमा हिडेको भान हुन्छ ।