सुवासचन्द्रको क्षेत्रमा छोरा सुहाङको इच्छा !
- रुपान्तरण
नेकपा (एमाले)का उपाध्यक्ष एवम संविधानसभा अध्यक्ष दिवंगत सुवासचन्द्र नेम्बाङका कान्छा छोरा सुहाङ नेम्बाङले राजनीतिमा आउने संकेत गरेका छन् । उनले बुबाको सपना पूरा गर्ने बताए । कानुन व्यवसायीसमेत रहेका उनले यसका लागि आफू सबैसँग हातेमालो गर्न तयार रहेको पनि बताए।