नेपालले अमेरिकालाई अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा आवद्ध नहुने आधिकारिक निर्णय पठाएको छ । सोमबार राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले एसपीपीमा आवद्ध नहुने भनी मन्त्रिपरिषदले गरेको निर्णय परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई पठाइएको जानकारी गराएका हुन् ।"
सरकारका केही मन्त्रीहरु हेरफेर भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका चार मन्त्रीलाई हेरफेर गर्न सिफारिस गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् ।
मन्त्रीहरु हेरफेरको विषयलाई लिएर नेकपा (एकीकृत समाजवादी)भित्र विवाद भएको छ । केही नेताहरुले विद्रोहको धम्की पनि दिएका छन् ।
नेपाली कांग्रसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा पूर्णबहादुर खड्कालाई मनोनित गरेको छ । खड्कालाई सभापति शेरबहादुर देउवाले प्रतिष्ठानको प्रमुखमा नियुक्त गरेका हुन् ।
स्थानीय तहको निर्वाचन परिणामपछि नेकपा (एकीकृत समाजवादी(का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल सन्तुष्ट छैनन् । मत परिणामपछि उनका अभिव्यक्तिहरुले नेकपा एसलाई विभाजनतिर लाने हो कि भन्ने आशंका पैदा गरेको छ ।
नेपाली कांग्रेसले विदेशमा रहेका नेपालीलाई मताधिकार प्रयोग गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको ध्यानकर्षण गराएको छ । मंगलबार पार्टीको तर्फबाट महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था मिलाउन आग्रह गराएका हुन् ।
हेटौंडा उपमहानगरपालिकाले २ अर्ब ७१ करोड ७९ लाखको बजेट प्रस्तुत गरेको छ ।
मेरो सम्झनामा २०४६ सालको जन–आन्दोलनको झझल्को सम्म बाँकी रहेकोछ : जब जब २०४६ सालको आन्दोलनको चर्चा चल्छ तव तव त्यो सम्झना स्लाइड फिल्मको फोटो भएर झल्याक–झुलुक आँखामा झुल्किन्छ । जनकपुर शहरमा जब–जब ‘बहुदल जिन्दाबाद !’ ‘निर्दल मुर्दाबाद !’को नारा लगाउँदै हुरुरुर जुलुस आउथ्यो,मानिसहरुको भागाभाग हुन्थ्यो ।""
कोराला परम्परागत रुपमा नूनको ब्यापार हुने ब्यापारिक केन्द्र हो । चीनसँगको हाम्रो सन्धी अनुसार परिचय पत्र देखाएर, त्यसैको आधारमा तीस किलोेमिटरको बृत्तमा हामी आवत जावत गर्न सक्दछौं । लोमान्थाङबाट चीनको सानो बजार समेत ३० किलोमिटर टाढा छ । सीमानाको नजीकमा त केही पनि छैन । सबै मरुभूमि हो ।