रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपालको अर्थतन्त्र तरलताका कारण प्रभावित भएको छ । २०७९ को वैशाखदेखि उच्च ब्याजदर, कोभिड १९ र रुस युक्रेन युद्धले निजी क्षेत्रको तरलताका काममा धेरै ठूलो वृद्धि भएको छ । पुस महिनामा बजारमा तरलताको अभाव झनै बढ्ने सरकारी अधिकारीहरुको भनाइ छ ।
नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले आफ्नो दशैं तथा तिहार स्किम “होण्डाको दशैंको शुभ लाभ” को विजेताहरु घोषित गरेको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ २७५ र प्रदेशसभातर्फ ५५० गरी कुल ८२५ जना सदस्य निर्वाचित भएको जनाएको छ । बुधबार पत्रकार सम्मेलनमार्फत आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो कुराको जानकारी दिए ।"
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एंव नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
सरकारले मुलुकी अपराध संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याएकोप्रति चौतर्फी आलोचना भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले मुलुकी अपराध संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो । तर त्यसको २४ घन्टा नबित्तै अध्यादेशको ब्यापक आलोचना भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग भएको बताएका छन् ।
सरकारले मुलुकी अपराध संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले मुलुकी अपराध संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।
नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फको १४ जनाको अन्तिम नामावली छनोट गरेको छ ।