रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारको नामावली प्रकाशन गरेको छ । आयोगले निर्वाचनको कार्यतालिका अनुसार बुधबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।
गैरआवासीय नेपाली दिवस एवं गैरआवासीय नेपाली संघको वार्षिक साधारण सभाले १० बुँदे निष्कर्ष निकालेको छ । यही १० अक्टोबरदेखि १२ अक्टोबरसम्म आयोजना गरिएको सभामा गैरआवसीय नेपालीलाई नागरिकता, लगानीको वातावरण, मताधिकारको प्रसंगले विशेष स्थान पाएको छ ।
असोज तेस्रो साता बितिसक्दा पनि देशका विभिन्न स्थानमा अविरल बर्षा भइरहेको छ । दाङमा बाढी र डुवानका कारण २५ सय घरमा क्षति भइसकेको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार जिल्लाभर दुई हजार ३१२ घरमा आंशिक र १९९ घरमा पूर्ण रूपमा क्षति भएको छ ।"
नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले टिकट नपाएपछि पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले स्वतन्त्र उम्मेदवारी दर्ता गरेकै दिन उनी निकट ४९ जनाले नेता तथा कार्यकर्ताहरुले सामूहिक राजीनामा दिएका छन् ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष एवम अर्बपति शेष घलेले नेपालमा नौलो क्षेत्रमा लगानीको तयारी गरिरहेका छन् । उनको कम्पनीले नेपालमा ग्रीन हाइड्रोजनमा लगानी गर्ने भएको हो । सोमबारदेखि राजधानीमा जारी ‘नेपाल ग्रीन हाइड्रोजन समिट–२०२२’ को प्रमुख आयोजकसमेत रहेको घलेको एमआइटी ग्रुपले ग्रीन हाइड्रोजनमा लगानीका लागि तयारी गरेको हो।
नेपाली कांग्रेसले तोकिएको समय सीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार र निजको प्रस्तावक तथा समर्थक पार्टीबाट स्वतः निष्कासित हुने जनाएको छ ।
नेपालमा डेंगु संक्रमणका बिरामीको संख्या दिनहुँ बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विरामीको संख्या ३० हजारभन्दा माथि पुगेको छ । गत साउन यताबाट डेंगु संक्रमितको संख्या बढेको हो ।
‘कुरी कुरी माकुरी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । बाबुल गिरी र एलिना चौहानको स्वर रहेको ‘कुरी कुरी माकुरी’ गीत फरक स्वादमा दर्शकमाझ आएको छ । गीतमा लक्ष्मण पौडेलको शब्द, संगीत रहेको छ भने, गायक बाबुल गिरीकै एरेन्ज रहेको छ ।