रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपाल विद्यार्थी संघले भूकम्पप्रभावित क्षेत्रका २ वटा विद्यालयको पुननिर्माण गर्ने घोषणा गरेको छ । भूकम्पप्रभावपत क्षेत्रमा राहत लिएर पुगेका नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जाजरकोटमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेका हुन् । भूकम्पमा परि निधन भएकी नलगाढ नगरपालिका उपमेयरको सम्झनामा सोही नगरपालिकामा पनि विद्यालय पुननिर्माण गर्ने भएको छ ।
कुटनीति, योजना, विकास र नीति निर्माणका क्षेत्रमा विज्ञको रुपमा सक्रिय नेपाली काँग्रेसका युवा नेता शनिल नेपाल पोर्चुगलको राजदूतका लागि सिफारिस भएका छन् ।
प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धलाई कसैले दबाउन नसक्ने बताएका छन् । बिहीबार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनद्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’को लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले जनयुद्धलाई जति दबाउन खोजेपनि पटक–पटक उठिराख्ने बताए । उनले जनयुद्धलाई दबाइए चिहानबाट भएपनि फेरि उठ्ने बताए ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले यी ३ वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर निर्माण अघि बढाउने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
भूकम्पले जाजरकोट र रुकुमकापश्चिम यतिबेला क्षत विक्षत छ । ठूलो मानवीयसँगै भौतिक संरचनामा क्षति पुर्याएको छ । गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको नयाँ भुकम्प र त्यसपछिको पराकम्पले जनजीवन आक्रान्त छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष परुषोत्तम खनालले विचौलियाहरुको कारण मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडिएमए) लागू हुन समस्या भएको बताएका छन् । प्राधिकरणले गत वर्ष नै मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडिएमए) लागू गर्ने भनेपनि प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा रोकिएको थियो । तर उक्त प्रणाली प्राधिकरणले सोमवारदेखि लागू गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन् ।
नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले वाणिज्य बैंकहरुको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २८ प्रतिशतले घटेको बताएका छन् । सोमबार संघले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् । उनले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको खुद नाफा मात्रै नभएर खुद ब्याज आम्दानी समेत बढ्न नसकेको उल्लेख गरे ।