रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
बेलायतको मिडल्यान्ड निवासी समाजसेवी दयानिधि सापकोटाले मानव सेवा आश्रमलाई ५ लाख रुपैयाँ सहयोग दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज’ को मूल मन्त्रका साथ ‘एनआरएन द सिङगर’ मंगलबारदेखि प्रसारण हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को संस्कृति तथा सम्पदा समितिको संयोजन र युनिटेक नेपालले व्यवस्थापनमा उत्पादन गरिएको कार्यक्रम मंगलबार राति १० बजेदेखि ‘स्पेस फोर के टेलिभिजन’ मा प्रसारण हुने छ ।
नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङबीच आज ग्रेट हल अफ दी पिपलमा भएको द्विपक्षीय वार्तापछि विभिन्न विषयमा सहमति तथा सम्झौता भएको हो ।"
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नु भएको हो । सर्वोच्च अदालतको परमादेशपछि एमाले संसदीय दलका नेता कार्की गत भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री कार्कीले ४ जनालाई मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद बिस्तार गरेका हुन् । जसमा २ जना मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक साता लामो चीन भ्रमणमा निस्किएपछि कोरला नाका सञ्चालन हुने विषय पुनः चर्चामा आएको छ । चीनको स्वशासित क्षेत्र तिब्बत र उपल्लो मुस्ताङको सीमाना ‘कोरला नाका’ सञ्चालन गर्ने दुई देशबीचको तयारीले मूर्तरुप लिन नसकिरहेको सन्दर्भमा प्रधानमन्त्रीको चीन भ्रमणले स्थानीयवासीमा नाका सञ्चालनमा आउने विश्वास बढेको हो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५)को लागि कतार निवासी प्रविन गुरुङले बाह्र (१२) बुँदे एजेण्डा सहित उपमहासचिव पदमा उम्मेद्वारी घोषणा गरेका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का मध्यपूर्व संयोजक मनोज कुमार श्रेष्ठ (गोर्खाली)ले सन् २०२३–२५ को लागि सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक जारी छ । बीपी स्मृति भवन लतितपुरको सानेपामा तीन दिनदेखि बैठक जारी रहेको छ ।आइतबार ३१ जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका छन् । तीन दिनदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारणा राखिरहेका छन् । आइतबारको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले वर्तमान राजनीतिक, आर्थिक र सामाजिक परिवेशलाई ध्यान दिएर सरकारको नेतृत्व आफ्नै पार्टीले गर्नुपर्नेमा जोड दिएका छन् ।