रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपाली कांग्रेसको संस्थापन इतर शेखर–गगन पक्षको बैठक बसेको छ । पार्टीको केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्दै गर्दा शेखर–गगन पक्षले १४ औँ महाधिवेशनमा आफ्नो पक्षबाट चुनाव लडेका सबैलाई कोइरालाको कार्यालय विशालनगरमा छलफलमा डाकेको हो ।
सरकारले संविधान दिवसमा राष्ट्रपतिबाट प्रदान गरिँदै आएको विभूषण यस पटक प्रदान नगर्ने भएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठकले विभूषण वितरण कार्यलाई मर्यादित एवं व्यवस्थित गरी विभूषणको गरिमा बढाइ राष्ट्रको सम्मानका रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषण सम्बन्धी प्रचलित कानूनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्नेगरी कार्यदल गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले बताइन ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनका लागि अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा साथै आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् । आगामी १७ अक्टोबरदेखि तीन दिनसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि हालका उपाध्यक्ष श्रेष्ठले दुई बर्षे (सन् २०२३–२०२५) कार्यकालका लागि शुक्रबार अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।
आफ्नो प्रतिभा प्रश्तुतिका लागि विदेश पुग्ने नेपाली कलाकारहरुले दुःख पाएको खबरहरु बाक्लै आइरहेका छन् । यसै सिलसिलामा हाल बेलायतमा रहेकी गायिका तथा कलाकार नानु गुरुङ(सीमा)ले यस्तै दुःख पाएको खबर स्वयमले सामाजिक संजाल फेसबुक लाइभमार्फत व्यक्त गरेकी छन् ।""
नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिएको छ । इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य नेम्वाङको मंगलबार विहानको राति हृदयघातका कारण काठमाडौंमा निधन भएको थियो ।
नेविसंघ इलाम काठमाडौं सम्पर्क समितिले इलामको माईजोगमाई गाउँपालिका कार्यालय भवनमा भएको आगलागी र कार्यालयमा लेखा अधिकृतसंग प्रमुख प्रशासकीय अधिकृतले अनैतिक क्रियाकलाप गरेको घट्नाप्रति सत्यतथ्य बाहिर ल्याइ आवश्यक कारवाही गर्न माग गरेको छ ।
ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका सबैलाई तारेखमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । यो घटनामा पक्राउ परेका सबै १८ जनालाई नै तारेखमा छोड्न अदालतले आदेश दिएको हो ।
काठमाडौंस्थित गोकर्णेश्वर नगरपालिकाका मेयर दिपककुमार रिसाल स्वास्थ्य खबर हेल्थ अवार्डबाट सम्मानित भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार याक एन्ड यती होटलमा आयोजित कार्यक्रममा मेयर रिसाललाई उक्त अवार्ड प्रदान गरेका हुन्।