रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको औपचारिक भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा केन्द्रित रहेको र पूर्णरुपमा सफल भएको बताएका छन् ।
‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज’ को मूल मन्त्रका साथ ‘रियालिटी शो ‘एनआरएन द सिङगर’ प्रतियोगिताका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)को भावी उपाध्यक्षका लागि रविनप्रसाद शेरचनले ‘एनआरएन द सिङगर’का लागि १० लाख रुपैंयाँ सहयोग गरेका छन् ।"
सरकार र आन्दोलनरत राहत तथा बाल विकास शिक्षकहरुबीच ५ बुँदे सहमति भएको छ । शुक्रवार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राहत तथा बाल विकास शिक्षकहरुबीच सहमति भएको हो ।
काठमाडौँ महानगरपालिकासँग ४ बुँदे सहमतिपछि अभियन्ता ईः भनिने इशान श्रेष्ठले बुधबार रातिदेखि आफ्नो आन्दोलन फिर्ता लिएको घोषणा गरेका छन् ।
साना सडक व्यवसायीको व्यवस्थापनको माग गर्दै आन्दोलनरत ईः सहितका अभियन्ता र काठमाडौं महानगरबीचको वार्ता निष्कर्षविहिन टुंगिएको छ । महानगरको वार्ता टोली र ईःका प्रतिनिधिबीच मंगलबार अबेर रातिसम्म चलेको वार्ता बिना निष्कर्ष टुंगिएको वार्तामा हो ।"
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण सोचेभन्दा पनि बढी सफल भएको आफूले महसुस गरेको बताएका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का सचिव गंगाधर गौतमले अध्यक्षका प्रत्यासी महेशकुमार श्रेष्ठ टीममा रहेका महासचिवका प्रत्यासी बुद्धि सागर सुवेदीलाई समर्थन गर्ने भएका छन् ।
आन्दोलनरत नेपाल राहत शिक्षकहरुले माइतीघर–बानेश्वर सडक खण्डमा सिट्ठी बजाएर प्रदर्शन गरेका छन् । राहत शिक्षकको आन्दोलनको क्रममा मंगलबार राहत शिक्षकद्वारा माइतीघर देखि बानेश्वर सडक खण्डमा सिट्ठी बजाएर आफ्नो मागहरूको नारा लगाउदै प्रदर्शन गरे ।