रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आगामी कात्तिक १ गते बुधबार विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीले धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिन प्रदेश सभामा प्रस्ताव दर्ता गराएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
दशैँ लागेसँगै काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैँको लागि किनमेल गर्ने ग्राहकहरुको भीड लाग्न थालेको छ । काठमाडौंको असन, न्युरोड र भोटाहिटी लगायतका क्षेत्रका बजारमा सामान किन्ने ग्राहकहरुको भीड लाग्न थालेको छ । विगतको वर्षहरुको जस्तो यो वर्ष आर्थिक मन्दीको कारण व्यापारको लागि उत्साह नदेखिएको व्यापारीहरुले बताएका छन् ।
असोज ३० देखि कार्तिक ३ गतेसम्म काठमाडौमा हुन गइरहेको एनआरएनएको ११औं महाधिवेशनमा बुद्धि सागर सुवेदीले महासचिब पदमा उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठसँगै सोमबार विहान सोल्टी होटलमा रहेको निर्वाचन समितिको कार्यालयमा पुगेर उनले महासचिबमा उम्मेदवारी दिएका हुन् ।
‘टिम महेश’बाट कतारस्थित एक सफल व्यवसायी राजु रेग्मी (राज) तथा जापानस्थित व्यवसायी रोविन शेरचनले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली कांग्रेसका सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
असोज ३० गतेदेखि काठमाडौमा सुरु हुने गैर आवसीय नेपाली संघ(एनआरएनए)को ११औं महाधिवेशनमा युरोप संयोजकका बलिया उम्मेदवार चिन्तामणी सापकोटाले युरोपमा रहेका एनसीसीहरु आइसीसीबाट सँधै हेपिएकाले दुई बर्षको कार्यकालमा बेग्लै युरोप कोष संचालन गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाली कांग्रेसले पार्टीका नेता डा. शेखर कोईरालासँग छलफल गरेर मात्रै कोशी प्रदेश सरकारबारे निर्णय लिने भएको छ । शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस पार्टी नेपाली जनताको सुख दुःखको साथी पार्टी भएको बताएका छन् । नेपाली कांग्रेस जजरकोटको जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै उपसभापति खड्काले अहिले नेपाली जनता र मतदाताले नेपाली कांग्रेसलाई तीनवटै तहमा पहिलो दल बनाएको उल्लेख गर्नुहुँदै कांग्रेस पनि त्यहि जनताको मतको सम्मान गर्दै सबै जनताको सुख दुःखको साथी पार्टी भएर काम गर्नुपर्ने बताए ।