रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लू काठमाडौं आएका छन् । अमेरिकी विदेश मन्त्रालयको मध्य तथा दक्षिण एसिया सम्बन्धी मामला हेर्ने लू दक्षिण एसियाली मुलुकको भ्रमणका क्रममा काठमाडौं आएका हुन् ।
शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले आफूसँग भएका ज्ञान र सीप स्वदेशकै उन्नतिका लागि प्रयोग गर्न अनुरोध गरेकी छन् । पछिल्लो समय युवा पलायनको दर बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै राज्यमन्त्री कुमारीले नेपालमा भएका अवसरहरुको पहिचान गर्न र मुलुकप्रति योगदान गर्न युवा पुस्तालाई अनुरोध गरिन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीताको अन्तिम संस्कार भएको छ । उनको हिन्दू परम्पराअनुसार पशुपति आर्यघाटमा दिउँसो उनको राजकीय सम्मानका साथ अन्तिम संस्कार भएको हो ।
सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारलाई यो मुद्दा किनारा नलागुन्जेल दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ । बुधबार बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा निधन भएको हो । नर्भिक अस्पतालका प्रोफेसर डा.युवराज शर्माले सीता दाहालको निधन भएको पुष्टि गरेका छन् ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को ११ महिनाको आर्थिक तथा वित्तीय स्थितिसहितको रिपोर्ट सार्वजनिक गरेको छ । सार्वजनिक रिपोर्ट अनुसार उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६ दशमलव ८३ प्रतिशत रहेको छ ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा आरजू राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भइरहेका बेला आफूलाई जोडेर सार्वजनिक भएको अडियो झुट भएको बताएकी छिन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री प्रचण्डले नैतिकताका अधारमा राजीनामा दिनुपर्ने बताए । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले गत हप्ता प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्ति राष्ट्रियतासँग जोडिएको भन्दै राजीनामा दिनुपर्ने बताएका हुन् ।