रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपाली कांग्रेसले कोशी प्रदेशको मुख्यमन्त्रीमा प्रदेश सभापति उद्धव थापालाई अगाडि बढाउने निर्णय गरेको छ । कोशी प्रदेश कार्यसमितिको आइतबार बसेको बैठकले थापालाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेको उपसभापति रमेशजंग रायमाझीले जानकारी दिए । नेकपा (एमाले)को नेतृत्वमा रहेको सरकार ढलेपछि सत्ता साझेदर दलहरुबीच कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा छलफल चलिरहेका बेला कांग्रेसले मुख्यमन्त्रीमा थापालाई अगाडि बढाएको हो । ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस बदल्ने अभियानमा आफू लागि परेको र कांग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको घोषणा गरेका छन् । महामन्त्री थापाले दाग लागेको कांग्रेसको महामन्त्री बन्नुभन्दा सफा कांग्रेसको कार्यकर्ता भएर बस्न आफूलाई मन भएको बताएका हुन् ।
कोशी प्रदेशमा पनि एमाले नेतृत्वको सरकार ढलेको छ । एमालेबाट मुख्यमन्त्री भएका हिक्मतकुमार कार्कीले कोशी प्रदेश सभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव फेल भएसँगै कार्की नेतृत्वको सरकार ढलेको हो ।
अंग्रेजी जुन महिनालाई उत्सवका रुपमा मनाइरहेका नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका व्यक्तिहरुका लागि खुशीको खबर मिलेको छ । उत्सव मनाइरहेका बेला सर्बोच्च अदालतले वैवाहिक अधिकार सुनिश्चित गर्ने आदेश दिएको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले विवाह गरेका र विवाह गर्ने जोडीको वैवाहिक अधिकार सुनिश्चित गर्ने आदेश दिएको हो।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको प्रकरणमा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले थप ६ जनालाई मंगलबार पक्राउ गरेको हो ।
ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्याल राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कारबाट सम्मानित भएका छन् ।""
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन हुने भएको छ । सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि विधेयक कार्यान्वयन हुने भएको हो ।
पाटन उच्च अदालतले काठमाडौँ महानगरपालिकाको भारतीय फिल्ममा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । भारतीय फिल्म आदिपुरुषमा ‘जनक भारतकी छोरी’ संवादलाई लिएर महानगरले भारतीय फिल्ममा चल्न नदिने निर्णय गरेको थियो ।