समस्याग्रस्त सहकारीले डुबायो १० अर्ब ८३ करोड ८२ लाख
- रुपान्तरण
समस्याग्रस्त एउटै सहकारीले बचतकर्ताको रु १० अर्ब ८३ करोड ८२ लाख ५६ हजार एक सय ७४ हिनामिना गरेको तथ्य फेला परेको छ । सरकारले २०७४ साल कात्तिक २० गते समस्याग्रस्त घोषणा गरेको ओरेन्टल को–अपरेटिभ लिमिटेडले देशभर नौ वटा शाखा खोली रु १० अर्ब भन्दामाथि बचत सङ्कलन गरेर भागेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले जनाएको राससलाई उधृत गर्दै विभिन्न संचारमाध्यमले समाचार सार्वजनिक गरेका छन् ।