८० दलले चुनावमा भाग लिने, दुई करोड मतपत्र छपाउने
- रुपान्तरण
निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको तयारीलाई तिब्रता दिएको जनाएको छ । आयोगले करिब दुई करोड मतपत्र छपाउने तयारी पनि गरेको छ । मतपत्रका लागि आवश्यक कागज खरिद गर्न आपूर्तिकर्ता कम्पनीसँग आइतबार नै सम्झौता भइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।