सरकारसँग एनआरएनए अध्यक्ष पन्तको ‘दुश्मनी’
- रुपान्तरण
सरकार र गैर आवासीय नेपाली संघको नेतृत्वबीचको टकराव उत्कर्षमा पुगेको छ । संघमा देखिएको विवाद समाधान गरी नयाँ नेतृत्व चयन गर्न परराष्ट्र मन्त्रालयले पटक पटक दिएको निर्देशन कार्यान्वयन नगरी सरकारविरुद्ध नै अदालतमा जाने अध्यक्ष कुमार पन्तको व्यवहार संसारभर रहेका नेपालीहरुको भावना विपरीत भएको अभियन्ताहरुकै ठहर छ ।"