प्रसंगमा पूर्वराजा र जनयुध्दका सर्वोच्च कमाण्डर
- किशोर नेपाल
शुक्रवार विहान मैले सामाजिक संजाल ‘एक्स’ (पहिलेको ट्विटर) मा गरेको एउटा पोष्टले संघीय गणतन्त्र नेपालको राजधानी काठमाडौंलाई तताएछ । मेरो पोष्टमा साताको कुनैदिन पूर्वराजा ज्ञानेन्द्रसंग जनयुध्दका सर्वोच्च कमाण्डर प्रचण्डको ‘दर्शन–भेट’ को प्रसंग थियो ।