समाज - रुपान्तरण
 २०८१ माघ ९, बुधबार    

समाज

सम्झनामा नाती जर्नेलसंगको वार्ता

- किशोर नेपाल   

‘नाती जर्नेल’ श्री ३ महाराजा चन्द्र शमशेर जंगबहादुर राणाका नाती पशुपति शमशेर जगबहादुर राणालाई दरवारियाहरु सांकेतिक हिसावले यही नामले बोलाउँथे । पछि तत्कालीन निर्दलीय पन्चायत ब्यबस्थाका कार्यकर्ताहरु पशुपति शमशेर जंगबहादुर राणालाई यही ‘खानदानी’ नामले चिन्दथे र सम्बोधन गर्दथे । भारदारहरुबाट संरक्षित नेपाली समाजमा त्यो समयमा पनि, र अहिलेको समयमा पनि, पशुपति शमशेर जंगबहादुर राणा नाती जर्नेलको नामले नै बढी परिचित हुनुहुन्छ । उहाँको ब्यक्तित्व अहिले पनि निकै आकर्षक छ । बिद्या र बुध्दिका हिसावले तीक्ष्ण ब्यक्तित्वका धनी पशुपति राणाको ब्यक्तित्वमा राजषी प्रवृत्ति रहनु आश्चर्यको कुरा होइन ।""