रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
बेलायतमा रोजगारीका लागि नेपाली नर्स लैजानको लागि दुइ देशबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सम्झौतामा हस्ताक्षर भएको हो।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि झन्डै ११ अर्ब रुपैयाँ खर्च प्रस्ताव गरिएको छ । माग गरेको छ। निर्वाचन आयोगले आइतबार अर्थ मन्त्रालयसँग कूल १० अर्ब ९८ करोड ९८ लाख रुपैयाँ बजेट माग गरेको हो।
नेपाली कांग्रेसका नेता, समाजवादी चिन्तक एवम सांसद दिवंगत प्रदीप गिरीप्रति नेपालका प्रमुख कम्युनिष्ट पार्टीका नेता तथा भारतीय नेताहरुले शुभेच्छा प्रकट गरेका छन् । गिरीको विचार र सादगी जीवनप्रति प्रशंसा गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जली ब्यक्त गरेका छन् । विशेषगरी नेपालका कम्युनिष्ट पार्टीका नेताहरुले गिरीप्रति गहिरो सदभाव व्यक्त गरेका छन् ।
शनिबार साँझ दिवंगत भएका प्रतिनिधि सभा सदस्य एवं प्रखर समाजवादी चिन्तक प्रदिप गिरीको अन्तिम संस्कार गरिएको छ । आइतबार अपरान्ह पशुपति आर्यघाटमा उनको पार्थिव शरीरको अन्त्येष्टी गरिएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा सदस्य एवं प्रखर समाजवादी चिन्तक प्रदिप गिरिको योगदान सदा स्मरणीय रहने बताएका छन् ।
झापाका किसानहरुले नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजनासँग गरेको सम्झौता अनुुसार काम गर्दै आएकोमा सर्वोच्च अदालतको अन्तरिम आदेशले अनुदान रकम रोकिदिएकोमा आपत्ति जनाउँदै आन्दोलनको चेतावनी दिएका छन् ।
क्यान्सरबाट पीडित गिरीको छातीमा निमोनियाको संक्रमण बढेपछि उपचार गर्न कठिन भएको थियो ।
नेपाली कांग्रेस इलामका नेताहरुले २७ बर्षसम्म प्रतिपक्षी दल नेकपा एमालले इलामका जनतालाई छलकपट गरेर गुमराहमा राखेको आरोप लगाएका छन् । इलामबाट एमाले परास्त नगरे विकासको गति कहिल्यै अघि बढ्न नसक्ने उनीहरुको भनाइ थियो ।