रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
अमेरिकाका शीर्ष उद्योगपति तथा टेस्लाका सीईओ एलन मस्क विश्वकै धनीको सूचीमा परेका छन् । विश्वका सबैभन्दा धनी एलन मस्कको कुल सम्पत्ति २५१ अर्ब डलर छ ।
सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाका लागि १७ अर्ब रुपियाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहुलियतपूर्ण ऋणसहित विभिन्न १२ वटा निर्णय गरेको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र पुनः शक्तिशाली देखिएका छन् । एमालेको चौथो केन्द्रीय कमिटीको बैठकले ओलीलाई केन्द्रीकृत कमाण्ड गर्ने जिम्मेवारी मात्र दिएन भावी प्रधानमन्त्रीका रुपमा पनि उभ्याएको छ ।
नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई पुनर्विचारका लागि राष्ट्रिय सभाबाट विधायन व्यवस्थापन समितिमा पठाइएको छ । तर विधायन समितिमा पनि सत्तारुढ गठबन्धन बहुमतमा रहेकाले पारित हुने बलियो संभावना छ ।
नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी लागि शुक्रबारदेखि मुलुकभर एकसाथ ‘जनताको साथमा कांग्रेस’ अभियान प्रारम्भ गरेको छ ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर नेकपा (एमाले) केन्द्रिय कमिटी बैठक काठमाडौंमा चलिरहेको छ । विशेष गरी उम्मेदवार छनोटका लागि एमालेले मापदण्ड बनाउँदैछ । केन्द्रीय बैठकमा आवश्यक संशोधनसहित उम्मेदवारको मापदण्ड पारित गर्ने एमालेको तयारी छ । यसअघि पोलिटब्युरो बैठकले केन्द्रीय कमिटीको बैठकको ११ वटा एजेण्डा तय गर्दै निर्वाचनका लागि उम्मेदवारको छनोट गर्ने प्रक्रिया र मापदण्ड तय गरेको थियो ।"
सत्ताधारी गठबन्धनलाई सिट बाँडफाँटमा सकस भएको छ । गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि अहिलेसम्म सिटको बाँडफाँट गर्न सकेको छैन । कांग्रेस एक्लैले एक सय सिट दाबी गरेको छ।
काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन)को सक्रियता केही साता यतादेखि फेरिएको छ । उनी महानगरभित्र अनधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउने अभियानलाई उनले तिब्रता दिएका छन् । संरचना हटाउन अटेर गर्नेहरुलाई डोजर लगाएर हटाउन थालिएको छ ।"