रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपाली गोर्खा सैनिकहरुले चिनाएको देश मानिने बेलायतबाट नेपाली फिल्म ‘गोर्खाः बिनिथ द ब्रेभरी’ प्रदर्शनमा आउने भएको छ । २९ जुलाई २०२२, शुक्रवारबाट बेलायतका विभिन्न शहरहरुमा फिल्म प्रदर्शन हुन लागेको निर्देशक प्रदीप शाहीले जानकारी दिए ।
नागरिकता ऐनको संशोधन विधेयक संसदका दुवै सदनबाट पारित भएको छ । ‘‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’’ बहुमतले पारित भएसँगै यसको पक्ष र विपक्षमा बहस प्रारम्भ भएको छ । राष्ट्रियसभा र प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएपछि जन्मको आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तानले वंशजको नागरिकता पाउनेछन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय समन्वय विभाग प्रमुख लिउ चियानछाओ नेपाल भ्रमण सकेर फर्केलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँदिल्ली पुगेका छन् ।"
प्रतिस्पर्धी नेकपा एमालेकी विद्या भट्टराईलाई पाखा लगाउँदै नेपाली कांग्रेसकी सांसद पुष्पा भुषाल गौतम उपसभामुख बनेकी छिन् । प्रतिनिधि सभाको बैठकमा शुक्रबार भएको मतदानमा पुष्पा १४८ मतसहित विजयी हुँदै उपसभामुख बनेकी हुन् । उनकी प्रतिस्पर्धी भट्टराईले ९३ मत ल्याइन् । मतदानमा २४२ जनाले भाग लिएका थिए ।
नेपाली कांग्रेस यतिबेला आसन्त प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफूलाई कसरी प्रस्तुत गर्ने भन्ने विषयमा केन्द्रीत छ । स्थानीय चुनावमा भएको तालमेलको समीक्षा गर्दै कांग्रेसले आगामी निर्वाचनमा कसरी गठबन्धन गर्ने भन्ने विषयमा बहसलाई केन्द्रीत गरेको छ ।
सत्तारुढ नेपाली कांगेसमा संस्थापन र इतरपक्षबीच तित्तता कायम छ । पार्टी र सरकार नेतृत्वसँग डा.शेखर कोइराला पक्ष सन्तुष्ट छैन । कोइराला पक्षले सोमबारबाट सुरु हुने पार्टी केन्द्रिय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भिर समिक्षा गर्ने एजेन्डा तय गरेको छ ।
नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) विभाजित बनेको छ । संगठनको पवन कार्की समूहले आगामी भदौमा राष्ट्रिय भेलाको आयोजना गर्ने घोषणा गरेको छ। उक्त समूहले कार्कीको संयोजकत्वमा १९९ जना केन्द्रीय कमिटी पनि घोषणा गरेको छ ।
प्रनितिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिरसम्ममा गर्नुपर्ने संवैधानिक बाध्यतामा रहेको सरकारलाई मिति तोक्न सकस परिरहेको छ । निर्वाचन आयोगले कात्तिक अन्तिम वा मंसिर पहिलो साता निर्वाचन हुने जनाए पनि ठ्याक्कै मिति तोकिसकेको छैन ।""