रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
सरकारले बंगलादेशको ढाकामा सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन भलिबलको महिलातर्फ च्याम्पियन नेपाली टोलीका खेलाडीलाई सरकारले जनही पाँच लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।
सहकारी ठगी प्रकरणमा मुछिएका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।"
नेपालका अधिकांश भागमा विस्तारै चिसो बढ्न थालेको छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।
नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन काठमाडौंमा आइतबारबाट शुरु भएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । सो अवसरमा अध्यक्षमा पुष्पकमल दाहालले एमाले महासचिव शंकर पोखरेलको खुलेर प्रशंसा गरे । जुन विषय अहिले राजनीतिक बृत्तमा चर्चामा छ । पोखरेलको अभिव्यक्तिलाई लिएर प्रचण्ड लचक भएका हुन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) राष्ट्रघाती नभएकाले पास गर्ने बताएका छन् ।प्रधानमन्त्री देउवाले आइतबार नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन कार्यक्रमा सम्बोधन गर्दै एमसीसी राष्ट्रघाती नभएको बताएका हुन् ।
गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आइतबार केन्द्रीय सुरक्षा समिति बैठक बसेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचनमा सुरक्षा प्रवन्धबारे छलफल भएको गृह सचिव टेकनारायण पाण्डेले जानकारी दिए ।
माओवादी केन्द्रले पार्टीलाई बहु पदीय संरचनामा लाने भएको छ । माओवादीभित्र अध्यक्ष पछिको वरियता निर्धारण, तथा अन्य पदाधिकारीहरूको समेत निर्धारण गर्ने पनि भएको छ । हालैको स्थायी कमिटी बैठकमा माओवादीका नेताहरूले वरिष्ठ उपाध्यक्षसहितको व्यवस्था गरेर जानुपर्ने धारणा राखेको र त्यसलाई राष्ट्रिय सम्मेलनको हलमा पेस गर्ने जनाएका थिए।
नेपाली कांग्रेसको १४औं केन्द्रीय कार्यसमितिको पहिलो बैठक बसेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरणपछि बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले विभिन्न चारवटा निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिए ।"