रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालयको भागवण्डा टुंगो लागेपछि मंगलबार मन्त्रिपरिषद विस्तार गरेका हुन् । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिहरु नियुक्त गरेका हुन् । मन्त्रीहरुलाई राष्ट्रपति भण्डारी र राज्य मन्त्रीहरुलाई प्रधानमन्त्री दाहालले पद गोपनियताको सपथ गराएका हुन् ।
पोखरामा आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुको शवको पोस्टमार्टमको प्रक्रिया सुरु भएको छ। पहिचान खुलेका र नखुलेका शवहरुको छुट्टाछुट्टै राखिदैछ । शवको क्रमसंख्याअनुसार पहिचान भएका शवहरुको परीक्षण गरिनेछ र पुनः पुष्टि गरी परिवारलाई हस्तान्तरण गरिने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलबीच सोमबार विशेष भेटघाट भएको छ ।भेटका क्रममा प्रधानमन्त्री दाहाललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संघको तर्फबाट ज्ञापनपत्र हस्तान्तरण गरिएको छ ।
आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गर्दै आइतबार विहान भएको दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु भएको पुष्टि गरेको हो ।
पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनामा परेकाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्ट मार्टमक लागि लगिएको छ । उद्धारको क्रम जारी राखिएको छ । उद्धारका लागि दुई वटा हेलिकोप्टर परिचालन गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा पोखराबाट (एनएएलएक्स) र (एनएएलए) हेलिकोप्टर परिचालन गरिएको उल्लेख छ ।
आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना भएपछि दुर्घटनाको शोकमा माघ २ गते सोमबार सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ । त्यस्तै दुर्घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ ।"
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारमा जाने कुरा तत्काल सम्भव नभएको बताएका छन् । पार्टीको रौतहट–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष नेपालले सरकार गठनको कुनै पनि प्रक्रियामा आफुहरु सहभागी नभएको र अहिले सरकारमा जाने कुरा पनि सम्भव नभएको बताएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते बसेको प्रतिनिधिसभाको बैठकले आफूलाई अभूतपूर्व विश्वासको मत दिएको बताएका छन् ।