रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
सत्तारुढ दलको नेतृत्वमा रहेको पार्टी नेपाली कांग्रेसभित्र अन्तरकलह बढ्दो छ । सभापति शेरबहादुर देउवा एकलौटी ढंगबाट अघि बढेको आरोप लगाउँदै आएको इतर समूह गोप्य भेलाहरुमा व्यस्त छ । इतर समूहका नेता डा.शेखर कोइराला देउवाप्रति निरन्तर असन्तोष ब्यक्त गरिरहेका छन् ।
नेपालले अमेरिकालाई अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा आवद्ध नहुने आधिकारिक निर्णय पठाएको छ । सोमबार राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले एसपीपीमा आवद्ध नहुने भनी मन्त्रिपरिषदले गरेको निर्णय परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई पठाइएको जानकारी गराएका हुन् ।"
हेटौंडा उपमहानगरपालिकाले २ अर्ब ७१ करोड ७९ लाखको बजेट प्रस्तुत गरेको छ ।
सरकारका केही मन्त्रीहरु हेरफेर भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका चार मन्त्रीलाई हेरफेर गर्न सिफारिस गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् ।
मन्त्रीहरु हेरफेरको विषयलाई लिएर नेकपा (एकीकृत समाजवादी)भित्र विवाद भएको छ । केही नेताहरुले विद्रोहको धम्की पनि दिएका छन् ।
नेपाली कांग्रसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा पूर्णबहादुर खड्कालाई मनोनित गरेको छ । खड्कालाई सभापति शेरबहादुर देउवाले प्रतिष्ठानको प्रमुखमा नियुक्त गरेका हुन् ।
आधुनिक–पप गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा आएका गायक सन्तोष गुरुङको नयाँ गीत सार्वजनिक भएको छ । ‘अब फेरि तिम्रो यादमा’बोलको उक्त गीतको भिडियो मकाउमा छायांकन भएको हो ।
प्रधानमन्त्री शेर बहादुर देउवाले योग अभ्यासले शरीर र दिमाग दुवैलाई सकारात्मक उर्जा दिने र योगलाई दैनिक जीवनको एक हिस्सा बनाउनुपर्ने बताएका छन् ।