रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
कोरोना महामारीको त्रास न्यून हुँदै गइरहेका बेला काठमाडौंमा हैजाको जोखिम बढेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौंको बागबजारको धारा र ट्युवबेलको पानीमा हैजा फैलाउने जीवाणु भेटिएको जनाएको छ ।
स्थानीय तहको निर्वाचन परिणामपछि नेकपा (एकीकृत समाजवादी(का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल सन्तुष्ट छैनन् । मत परिणामपछि उनका अभिव्यक्तिहरुले नेकपा एसलाई विभाजनतिर लाने हो कि भन्ने आशंका पैदा गरेको छ ।
ठगी प्रकरणमा परेर जेलमा रहेकाइच्छाराज तामाङलाई धरौटीमा छुटाउन काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र वकिल रुद्रप्रसाद पोख्रेलबीच भएको डिल सार्वजनिक भएपछि न्यायक्षेत्रप्रति विश्वासको संकट चुलिएको छ । उक्त घटनाले न्याय क्षेत्रलाई लज्जित बनाएको भन्दै विभिन्न संस्थाहरुले छानविनको माग गरिरहेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा संचालकबीच द्वन्द्व चर्किएको छ । जसको प्रत्यक्ष असर यात्रुहरुमा पर्ने भएको छ । सरकारले काठमाडौं उपत्यका बाहिर बेस भएका हवाई जहाज र हेलिकोप्टरलाई काठमाडौंबाट उडान गर्न रोकेपछि द्वन्द्ध चर्किएको हो ।"
नेपाली कांग्रेसले विदेशमा रहेका नेपालीलाई मताधिकार प्रयोग गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको ध्यानकर्षण गराएको छ । मंगलबार पार्टीको तर्फबाट महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था मिलाउन आग्रह गराएका हुन् ।
होण्डा टू व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा मनसुन एक्सचेन्ज’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना ल्याएको छ ।
सरकारले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने भएको छ । चौतर्फी विरोधपछि सरकार पछि हटेको हो ।
पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागेको छ । निरन्तरको मूल्यबृद्धिले सर्वसाधारणको ढाड सेकाएको छ ।