रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा.विनय सहस्रबुद्धे काठमाडौं भ्रमणमा आएका छन् । यही जेठ ३१ देखि असार २ गते सम्म उनको भ्रमण जारी रहने छ ।""
नौ वटा कम्युनिस्ट दललेप्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द गर्न भनिरहेका बेला देउवाले भ्रमणबारे प्रष्ट पारेका छन् । उनले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी सम्झौता नगरिने प्रतिबद्धता समेत गरेका छन् ।"
निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनको तयारी थालेको छ । सरकारले आधिकारीक रुपमा चुनावको मिति नतोके पनि आयोगले आफ्नो तयारी थालेको हो । आयोगले मतदाता नामावली संकलन शुरु गरेसँगै निर्वाचनको तयारी थालेको हो ।
अर्थमन्त्री जनार्दन शर्मा यतिबेला चर्को दबाब खेपिरहेका छन् । बजेटको गोपनीयता र मर्यादा भङ्ग गरेको भन्दै शर्माको राजीनामा मागिएको छ । सोमबारको प्रतिनिधि सभा बैठकमा पनि शर्माले स्पष्टीकरण दिनुपर्ने आवाज उठेको छ ।
संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाले किसानलाई रासायनिक मल उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नयाँ रणनीति बनाउन जुटेको छ । स्थानीय निर्वाचनको परिणामपछि एमाले नयाँ रणनीति बनाउन कस्सिएको हो । सोही सिलसिलामा केन्द्रीय सचिवालय बैठक सोमबार बस्ने र बैठकबाट नयाँ रणनीतिको प्रारुप तयार गर्ने बताइएको छ ।"
एसके ईन्टरटेनमेन्टको प्रस्तुतिमा आयोजना हुनगइरहेको मिसेस एण्ड मिस गुरुङ २०२२, सिजन–३ को पहिलो अडिसन सम्पन्न भएको छ। राजधानीमा सम्पन्न अडिसनमा काठमाडौं भित्र तथा काठमाडौं बाहिरबाट ४० जना प्रतियोगीहरुको उपस्थिती थियो ।
सहकारीको रोजगारी भरपर्दो र मर्यादित हुन सकेन