रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेकपा (एकीकृत समाजवादी)ले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको छ । पार्टीको सचिवालय बैठकले आइतबार सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो ।"
स्थानीय तह निर्वाचनको परिणाम आएसँगै नेपाली राजनीतिमा नयाँ बहसहरु शुरु भएका छन् । विशेषत नेकपा (एकीकृत समाजवादी)का नेताले एकताको प्रसंगलाई अगाडि सारेका छन् ।
सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले समृद्धिको कायाकल्प गर्ने भन्दै केही दल र तिनका नेतागणले प्रचार गरेको निजगढ विमानस्थलको विकल्प खोज्न आदेश दियो । यो आदेशको महत्व केपी ओली नेतृत्वको सरकारविरुद्धको राजनीतिक परमादेशकै हैसियत, तह र महत्वको थियो । विकासको नाममा मच्चाइएको स्वैरकल्पना र फैलाइएको अतिशयोक्तिपूर्ण हौवालाई सर्वोच्च अदालतका श्रीमानहरुले पहिचान गरेर जुन आदेश दिए त्यसको पक्ष र विपक्षमा अभिव्यक्ति आउने क्रम जारी छ ।
अर्थमन्त्री जनार्दन शर्माले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा चुनावसँग सम्बन्धित कुनै पनि कुरा नभएको स्पष्ट पारेका छन् ।
तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव संकलन जारी रहेको सुरक्षा स्रोतले जनाएको छ । दुर्घटनामा परेर मृत्यु भएकामध्ये २१ जनाको शव संकलन भएको छ । एउटा शव भने फेला पार्न सकिएको छैन । संकलित १० जनाको शव काठमाडौं ल्याइएको छ ।
सर्वोच्च अदालतले वातावरणीय दृष्टिकोणबाट निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक्ने फैसला सुनाएको छ । न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र डा मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले बिहीबार उक्त विमानस्थलसम्बन्धी निर्माणसम्बन्धी विवादमा रिट जारी गर्दै निर्माण कार्य रोक्ने फैसला सुनाएको हो ।"
प्रतिनिधि सभाको बैठकमा सांसदहरुले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएका छन् । प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग उनीहरुले आर्थिक वृद्धि गर्ने कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा पार्टीभित्रै लाजमर्दो अन्तरघात भएको टिप्पणी गरेका थिए ।संघीय संसद भवन नयाँ बानेश्वरमा पार्टीको संसदीय दलको बैठकलाई संबोधन गर्दै अध्यक्ष ओलीले अरु दलमा नदेखिएको अन्तरघात एमालेभित्र देखिएको बताए । अध्यक्ष ओलीले पार्टीभित्र घात गर्न कहाँबाट सिकेको भन्दै यस विषयमा बृहत समीक्षा गरिनुपर्ने बताए ।