रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
पत्रकारिता क्षेत्रका सरोकारवालाले सामाजिक सञ्जालका कारण निम्तिएको समस्या व्यवस्थापन गर्न पत्रकारिता क्षेत्र बलियो हुनैपर्ने बताएका छन् ।
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शनिबार संसद भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकमा सत्तारुढ दलहरूसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै ओलीले अर्थमन्त्री वर्षमान पुनले नेकपा (माओवादी केन्द्र) प्रति ढल्किएको बजेट ल्याएको टिप्पणी गरे ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले सरकार सर्वसत्तावादको बाटोमा लागेको आरोप लगाएकी छिन् । कांग्रेस बाँकेले शुक्रबार नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्बोधन गर्दै उनले अहिले संघीयता बलियो बनाउने र नबनाउनेका बीच संघर्ष देखिएको बताइन ।
रौतहटको गढीमाई नगरपालिकामा बागमती नदीको नदीजन्य पदार्थ उत्खन्नबाट संकलित राजश्व अनियमितता भएको रहस्य खुलेको छ । गढीमाई नगरपालिकाको नगर प्रमुख श्याम प्रसाद यादवको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवले वागमती नदीबाट नदीजन्य पदार्थको उत्खनन गर्न ठेक्का बन्दोबस्त मिलाउँदा राजश्वको रकम अनियमितता गरेको प्रमाण फेला परेको हो ।
महालेखा परीक्षकको कार्यालयले ६१ औँ वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७९–८० को लेखा परीक्षणमा सङ्घीय, प्रदेश सरकारी निकाय र स्थानीय तह, सङ्गठित संस्था, समिति र अन्य संस्थासमेतको ७८ खर्ब ८१ अर्ब ६० करोड रुपैयाँको लेखा परीक्षण सम्पन्न भएको हो ।
नेपाल मोबाइल व्यवसायी महासंघले मोबाइल मर्मतका समयमा व्यवसायीहरुले झमेला भोग्नु परिरहेको बताएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल मोबाइल व्यवसायी महासंघले मोबाइल मर्मतमा देखिंदै आएको कानुनी समस्याको समाधानतर्फ सरकारले चासो देखाउनु पर्ने बताएको हो ।
नेपाल पत्रकार महासंघ पाँचथरले प्रदान गर्ने स्वतन्त्रता सेनानी सम्मानबाट डाक्टर सुरेश आचार्य सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघका पूर्वसभापति आचार्यलाई ३३ हजार ३ सय ३३ रुपैंया राशी सहितको स्वतन्त्रता सेनानी सम्मान गरिएको हो । स्वतन्त्रता सेनानी सम्मान नेपाल पत्रकार महासंघ पाँचथर शाखाले प्रत्येक वर्ष अर्पण गर्दै आएको छ ।
अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । मंगलबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले १८ खर्ब ६० अर्ब ३० रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।"