रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण १३ अर्ब ३१ करोड रुपैयाँ नाफामा रहेको बताएका छन् । प्राधिकरणको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कुनै आठ वर्षअघि ३४ अर्ब ६१ करोड घाटामा रहेको प्राधिकरण अहिले १३ अर्ब ३१ करोड नाफामा रहेको सगर्व बताए ।
‘नेपाल लायन्स डे’ को अवसर पारेर लायन्स क्लव अफ काठमाडौंले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा २२ जनाले रगत दान गरेका थिए ।"
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला थपलियाले पार्टी विधानमा एक महामन्त्री वा एक उपसभापति निर्वाचित गर्ने व्यवस्था अनिवार्य गर्न प्रस्ताव गरेकी छिन् ।
प्रधान सेनापति प्रभूराम शर्माले बलाधिकृत रथी अशोकराज सिग्देललाई आफ्नो कार्यभार हस्तान्तरण गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा विहीबार आयोजित विशेष समारोहमा प्रधान सेनापति शर्माले शुक्रबारदेखि सम्हाल्ने गरी वरिष्ठतम् रथी सिग्देललाई प्रधान सेनापतिको कार्यभार बुझबुझारथ गरेका हुन् ।"
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले देशलाई रुपान्तरण गर्नेगरी आगामी १० वर्षको भिजन बनाएर पार्टीलाई चलायमान बनाउन प्रस्ताव गरेकी छिन् । त्यस्तै उनले सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुलाई प्रशिक्षण दिन, आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने हो भने त्यसका लागि स्पष्ट रोडम्याप र एजेण्डा तय गर्ने नेतृत्वलाई सुझाव दिएकी छिन् ।
नेकपा एमालेले एक वर्षअघिको निर्णय परिवर्तन गर्दै एमालेमा सबै केन्द्रीय सदस्यको कार्यविभाजन गर्दा कसैलाई काखा र कसैलाई पाखा गरेको छ । एमालेले पार्टी अध्यक्षसहित तीन सय ५५ जना केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्दा यो विभेद गरेको हो ।
उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधीन संसद भवनको अवलोकन गरेका छन् । मंगलबार बिहान स्थलगत अवलोकन गरेपछि मन्त्री सिंहले निर्माण कार्य छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् ।
सरकारले मुख्य सचिवमा लिलादेवी गड्तौलालाई नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले सरकारको कायममुकायम मुख्य सचिव लिलादेवी गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।