रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपालले भारतपछि बङ्गलादेशमा ४० मेगावाट विद्युत् बिक्रीका लागि बहुप्रतिक्षित त्रिपक्षीय सम्झौता गरेको छ। काठमाडौंमा आयोजित विशेष समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बङ्गलादेशको बङ्गलादेश पावर डेभलपमेन्ट बोर्र्डका अध्यक्ष मोहमद रिजाउल करिम र भारतको ‘नोडल एजेन्सी’ एनभिभिएनका प्रमुख कार्यकारी अधिकृत रेणु नाराङले हस्ताक्षर गरे ।"
ग्लोवल युथ पार्लामेण्टले ‘राष्ट्रिय युवा संसद २०२४–२०२६’ अभियानको घोषणा गरेको छ । देशभित्रका र विदेशमा छरिएका युवालाई राष्ट्र निर्माणको महान् यज्ञमा हातेमालो गर्नका लागि ‘राष्ट्रिय युवा संसद’ नामक अभियानको घोषणा गरिएको हो । मंगलबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा एक भव्य समारोहकाबीच पूर्वप्रधानन्यायधीश शुशिला कार्कीको प्रमुख आतिथ्यतामा उक्त अभियानको घोषणा गरिएको हो ।
पछिल्लो तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर शनिवार साँझसम्म ६६ जनाको मृत्यु भएको छ। गृहमन्त्रलायले दिएको जानकारी अनुसार अहिलेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९ जना बेपत्ता भएका छन्। हालसम्म विपद्मा परेर ६० जना घाइते भएको मन्त्रालयले जानकारी दिएको छ।"""""
बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी परामर्शदाता कम्पनी, जेनेस सलुशन तथा जुमले ‘कामको भविष्य एवम् सहकार्य’का बारेमा एउटा अन्तरक्रिया आयोजन गरेका छन्। कृत्रिम बौद्धिकता’ (एआइ)लगायत सूचना प्रविधिको तीव्र विकासले गर्दा संसारभरि करोडौं मानिसहरुले रोजगारी गुमाउन सक्ने आशंका गरिंदै गर्दा कामको भविष्य तथा नव परिवर्तनमा आधारित डिजिटल सलुसनबारे छलफल गर्न उक्त अन्तरक्रिया आयोजना गरिएको हो।"
नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा सास्ट्रीयसभा सदस्य डा। बेदुराम भुसालले आगामी वर्षलाई संविधानमाथीको बहसको वर्ष बनाइनु पर्ने बताएका छन। बुधवार महिला नेतृत्व विकास राष्टीय प्रतिष्ठानले काठमाडौमा आयोजना गरेको ‘संबिधान प्रदत्त महिला अधिकार कार्यान्वयनको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा धारणा राख्दै उनले संविधानका बिषयमा बिभिन्न क्षेत्रबाट बहस भइरहेको र संबिधान बनेको नौ वर्ष पूरा भएर दश वर्ष लागेको भन्दै दशौं वर्षलाई संविधान माथिको बहसको वर्ष बनाइनु पर्ने बताए।
सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिले प्रतिनिधिसभामा बुझाएको प्रतिवेदन सार्वजनिक भएपछि यो चर्चामा छ । यसको कार्यान्वयन कसरी हुन्छ भन्नेमा धेरैलाई चासो छ । कार्यान्वयनका लागि निकै लामो प्रक्रिया पार गर्नुपर्ने देखिन्छ । प्रधानमन्त्री कार्यालयमा पुगेपछि प्रतिवेदनले औंल्याएका निकायहरूमा कार्यान्वयनका लागि जानेछ । प्रतिवेदनमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, राष्ट्र बैंक, स्थानीय तह, कम्पनी रजिस्ट्रारको कार्यालयलगायतलाई सुझाव दिएको छ । सोहीबमोजिम कार्यान्यनका लागि प्रधानमन्त्री कार्यालयले पठाउने बताइएको छ ।
तराई केन्द्रित दलहरू बारम्बार जुट्ने र फुट्ने गरेका छन्। राजेन्द्र महतो पनि विभिन्न दलको नेतृत्व तहमा रहेर त्यस्तो चक्कर लगाइरहेका नेतामा पर्छन्। गत प्रतिनिधिसभा निर्वाचनमा पराजयपछि मूलधारको राजनीतिमा भूमिकाविहीन देखिएका महतो केही न केही गर्न रुचाउने नेतामा पर्छन् । लोसपाका अध्यक्ष महन्थ ठाकुर र महतोबिच विवाद चर्किएपछि विस्तारै फरक धारमा अघि बढेका उनी अब नया दलका रुपमा पुनः सक्रिय राजनीतिमा आएका छन् ।
राष्ट्र निर्माण मञ्च नेपालको आयोजनामा भदौ २८ र २९ गते काठमाडौंमा भएको नेपाल युथ समिटले सात बुँदे घोषणा पत्र जारी गरेको छ । समिटमा विभिन्न क्षेत्रमा सफलता हासिल गरेका ख्यातिप्राप्त व्यक्तिहरू प्यानलिस्टका रूपमा सहभागी हुनुका साथै देशभरका पाँचसय भन्दा बढि युवाले सहभागिता जनाए ।