रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
संघीय राजधानीसंग जोडिएको नुवाकोट जिल्लाका पहिलो जननिर्वाचित बामपन्थी जनप्रतिनिधि(सांसद) गणेश पण्डितलाई अमेरिका भ्रमणमा गएको एउटा आरोप लाग्यो ।
भेनेजुएलाका अपहरित राष्ट्रपति निकोलस मदुरोका निम्ति नयाँ बर्ष २०२६ एक अप्रत्याशित दूस्वप्नका रुपमा प्रकट भयो। मदूरोका लागि यो अप्रत्याशित भएपनि अमेरिकी भूराजनीतिक रणनीतिकारहरुका निम्ति यो एक लामो अभ्यासको अन्तिम शृंखला मात्रै हो।
सरकारले जेन–जी समूहका कथित क्रान्तिकारीहरूसंग मंसीर २४ मा गरेको सम्झौताको दृश्य भाँडभैलो थियो। राज्य व्यवस्था पल्टाउन लागिपरेका दुर्गा प्रसाईं निकट रहेका मिराज ढुङ्गानाको एक समूहले सम्झौताको कागज च्यातेर फाल्दा प्रधानमन्त्री सुशीला कार्की लाचार भएर टुलुटुलु हेर्दाको दृश्यले भन्दैथियो, मुलुकको स्थिति सरकारको नियन्त्रणमा छैन।
‘नयाँ नेपाल’को नारामा पुरानै राज्य प्रणाली हावी भए जस्तै आगामी निर्वाचनबाट जेन–जी ‘पुस्ता’को ढाँचामा पुरानै सत्तागत प्रबृत्तिको पुस्तान्तरण हुने संभावनालाई नकार्नसकिदैन।
काठमाडौें कपन निवासी मुनिन्द्रप्रसाद दाहाल मुटुका दीर्घरोगी भिनाजु खिलानाथ पोखरेलको उपचारका लागि भदौ १९ गते केएमसी आएका थिए ।
देश टुक्र्याएर बेग्लै मधेश देश स्थापनागर्ने एजेण्डा बोकेर नेपाल आएका सीके राउत त्यही एजेण्डा प्रयोग गरेर नेपालको राजनीतिमा चर्चित बनेका हुन । यही बिन्दूबाट उनी संसदीय राजनीतिमा प्रवेश गरेका हुन् ।
गोरखा कुनै जात होइन– यो चरित्र हो, यो साहस हो, यो सबै जात–धर्मको साझा नाम हो।
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष तथा मधेशका सम्मानित नेता महन्थ ठाकुरले आगामी फागुन २१ गतेका लागि प्रस्तावित संघीय संसदको चुनाव सम्पन्नहुने बारे आफू आशंकित रहेको बताउनु भएकोछ ।