रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
अचेल नेपालमा प्रचलित सामाजिक संजालहरुमा ‘कन्स्पिरेसी थ्योरी’, मतलब, षडयन्त्रको सिद्धान्तको निकै चर्चा छ ।
वि.सं. २०५४ मा सिनामङ्गल, काठमाडौंमा स्थापित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल (केएमसी) राजधानीकै व्यस्त अस्पताल हो ।
बिकसित देशहरुमा जेन्जी भनेर छुट्याइएका तीस बर्ष मुनिका युवा पुस्तालाई कार्यक्षेत्रमा दक्ष, सक्षम र सक्रिय बनाउने चिन्ता र चिन्तन चलिरहेको समयमा हाम्रो देशको जेन्जी पुस्ताले आन्दोलनको हुरी चलाएर मानसिक रुपले असमर्थ भै सकेका ब्यक्तिहरुको खटन–पटनमा चलेको भ्रष्ट राजनीतिक सत्ता उल्ट्याइ दिएकाछन ।
देश कोलाहलमय अवस्थामा पुगेका बेला ‘संकटकालीन’ प्रधानमन्त्री नियुक्त हुनुभएकोमा सुशीला कार्कीलाई उहाँको साहसका लागि हार्दिक धन्यवाद र सफलताका लागि हार्दिक शुभकामना ।
नेपाली जनताले नेपाली सेनाबाट सुरक्षा खोजेको हो । राजनीतिक ‘संरक्षण’ खोजेको होइन । नेपाली जनता राष्ट्रिय सेनाको सम्मान गर्दछन । तर, जनता यो सार्वभौम देशको मालिक हुन ।
अचेल नेपाली चिया गफदेखि संचार र संजालमा अतिलोकप्रिय बनीरहेको बिषय हो ‘भू–राजनीति’ । देश भित्रको होस् वा देश बाहिरको, आखिर राजनीति त राजनीति नै हो ।
नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाका निकटतम भनेर चिनिने केही ब्यक्तिहरु विधान संशोधन गरेर भएपनि सभापतिमा देउवालाई उम्मेदवार बनाउनुपर्ने तर्कगर्न थालेका छन ।
प्रदीप गिरि मानिसको प्रतिष्ठा र आत्म–सम्मानमा धक्का दिनुहुँदैन भन्ने मान्यतामा सँधै अडीग रहनु भयो ।