रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचन अन्तर्गत प्रतिनिधि सभा सदस्य छान्न भएको मतदानको समय सकिएको छ । बिहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । हालसम्मको प्रारम्भिक विवरणअनुसार समग्रमा ५७ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।"
नेपाल र वेष्ट इन्डिज ए बीचको टी–२० श्रृंखलाको पहिलो खेलमा नेपालले सनसनीपूर्ण जित हासिल गरेको छ । घरेलु कीर्तिपुर मैदानमा भएको खेलमा नेपाल ४ विकेटले विजयी भएको हो । २०५ रनको चुनौती नेपालले २ बल खेल्न बाँकी छँदै ६ विकेट गुमाएर पूरा गरेको हो ।
नेकपा एमालेका पूर्व उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री डा.भीमबहादुर रावलले आफू राजनीतिको एउटा घुम्तीमा पुगेको बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले पार्टीभित्रको निषेधित राजनीतिको कारण आफू नयाँ घुम्तीमा पुगेको बताएका हुन् ।
सरकारले यही बैशाख १६ र १७ गते लगानी सम्मेलन आयोजना गर्दैछ । काठमाडौँको ताहाचलस्थित सोल्टी होटलमा उक्त सम्मेलनको आयोजना हुँदैछ । यस पटकको सम्मेलनमा १० वटा सत्र, ५० भन्दा बढी वक्ता र एक हजार जनाभन्दा धेरै सम्भावित लगानीकर्ताको सहभागिता रहने सम्मेलनको सचिवालय संस्था लगानी बोर्डले जनाएको छ ।
कतारका राजा शेख तमिम बिन हमद अल थानीले दुई दिने नेपालको राजकीय भ्रमण सम्पन्न गरी फर्केका छन् । मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका क्रममा विभिन्न आठ विषयका सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्नेजस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गरेका छन् ।"
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासमै रहँदा सक्रिय राजनीतिमा आउनसक्ने अडकलबाजी सुरू भइसकेको थियो। कतिपयले त भण्डारीले शीतल निवासबाटै एमालेको एउटा गुट संचालन गरिरहेको आरोप लगाउने गरेका थिए। केही हदसम्म त्यो सत्यपनि थियो।
यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा चुनावी रापताप चलिरहेको छ । विगतका निर्वाचनभन्दा फरक परिस्थिति आकंलन गरिएको इलाम–२ मा यसपाली कसले बाजी मार्छ भनेर ठ्याक्कै अनुमान गर्न कठिन छ । चुनावी प्रतिस्पर्धामा रहेका मुख्य दल र स्वतन्त्र उम्मेदवारहरु आफ्नो चुनावी गतिविधिलाई तीव्रता दिइरहेका छन् ।