रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका सबैलाई तारेखमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । यो घटनामा पक्राउ परेका सबै १८ जनालाई नै तारेखमा छोड्न अदालतले आदेश दिएको हो ।
काठमाडौंस्थित गोकर्णेश्वर नगरपालिकाका मेयर दिपककुमार रिसाल स्वास्थ्य खबर हेल्थ अवार्डबाट सम्मानित भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार याक एन्ड यती होटलमा आयोजित कार्यक्रममा मेयर रिसाललाई उक्त अवार्ड प्रदान गरेका हुन्।
नेपाली कांग्रेसको संस्थापन इतरको डा.शेखर कोइराला समूह सुशासनको मुद्दा लिएर देश दौडाहामा जाने भएको छ । देशभर सुशासन खड्किएको अवस्थामा डा.शेखर कोइरालाले कांग्रेस सुशासनको मुद्दा लिएर देशभर जाने बताएका हुन् ।"
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङले एमालेका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
धेरैलाई लाग्नसक्छ ज्योति गु्रपका कार्यकारी निर्देशक सौरभ ज्योति एक व्यस्त उद्योगी व्यवसायी मात्र हुन । तर उनको परिचय व्यापार व्यवसायमा मात्र सिमित छैन । गीत संगीतमा उनको औधी रुची छ । हालै सार्वजनिक भएको उनको नयाँ गीत ‘छ–जी’ यसलाई प्रष्ट पार्छ ।""
सर्वोच्च अदालतले कोशी प्रदेशमा प्रदेशको सबैभन्दा ठूलो दल नेकपा एमाले कोशीका संसदीय दलको नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका अभियन्ताहरुले समलिंगी विवाह सम्बन्धी सर्वोच्च अदालतले प्रतिपादित गरेका नजिरहरुलाई कार्यान्वयन गर्न र सोही अनुसारको कानून निर्माण गरी वैवाहिक समानतालाई कानूनी मान्यता दिन माग गरेका छन् ।
नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले नेपालमा संघीयताको पुनर्संरचनाको आवश्यकत्ता औंल्याएका छन् ।