रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ । शुक्रबार दशरथ रंगशालामा भएको खेलमा लाओसलाई २–१ गोलले पराजित गर्दै नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार गरेको मन्त्रिपरिषद् विस्तारमा पूर्ण बहादुर खड्का उपप्रधान एवं रक्षा मन्त्री बनेका छन् । विस्तारित मन्त्रिपरिषद्को दोस्रो वरीयतामा खड्का छन् । माअोवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तेस्रो वरीयतासहित उपप्रधान तथा गृहमन्त्री बनेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरी विस्तार गरेका छन् । शुक्रबार प्रधानमन्त्री दाहालले नेपाली कांग्रेससहित नयाँ ५ दल समेटेर सातौं पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन । तर मन्त्रिपरिषद् अझै अपूर्ण छ ।
सत्तारुढ गठबन्धनका नेताहरुले मन्त्रालयको भागवन्डा मोटामोटी रुपमा टुंगो लगाएका छन् । दलहरुले सैद्धान्तिक रुपमा सहमति जुटाएका हुन् ।बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलहरुको बैठकले मन्त्रालय बाँडफाँटको टुंगो लगाएको हो ।
केन्द्रमा सत्ता समीकरण फेरबदल भएपछि मुलुकका सात वटै प्रदेश केन्द्रको प्रभावमा छन् । सरकार परिवर्तनको दबाबमा पनि छन् । ६ वटा प्रदेशमा फेरबदल भइसकेको छ । तर कोशी प्रदेश विशिष्टिकृत अवस्थामा गुज्रिरहेको छ । केन्द्रीय सत्ता टिकाउन साथ दिएका दलहरु कोशी प्रदेशका सवालमा अलमलमा छन् । निर्णय गर्न सकिरहेका छैनन् । सरकार ढाल्न मात्र होइन नयाँ सरकार बनाउन पनि सत्तापक्ष वा प्रतिपक्ष रहेका सबै दलहरुलाई अफ्ठयारो अवस्था छ ।
नेपाल प्रहरीको महानिरीक्षक पदमा बढुवा भएका वसन्तबहादुर कुँवरलाई आइतबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा उनलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।"
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभाको शुक्रबारको बैठकमा उनको पक्षमा ६७ मत र विपक्षमा १७ मत तथा मत दिन्न भन्नेमा ७ मत परेको थियो । प्रदेश सभामा ९१ प्रदेशसभा सदस्यको उपस्थिति रहेको थियो ।
सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षक (आइजिपी) मा बढुवा गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आइजिपी बनाउने निर्णय गरेको हो । २०७९ वैशाख १८ मा आइजी नियुक्त धीरजप्रताप सिंहले शुक्रबारबाट अवकाश पाएका छन् ।